उच्च अदालत बिराटनगरद्वारा दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत बिराटनगरले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरेको छ । अदालतले २ वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरि शुन्यमा झारेको हो ।

अदालतले दुई वर्ष नाघेका १ सय ३३ मुद्दाहरु सबै फैसला गरेको छ ।
बिराटनगरमा आयोजित एक कार्यक्रममा संचारकर्मिहरुसंग अन्तरक्रिया गर्दै अदालतका मुख्य न्यायाधिश तिल प्रसाद श्रेष्ठले पहिलोपटक एकसाथ २ वर्ष पुराना मुद्दाहरु फर्छ्यौट गर्दै ऐतिहासिक सफलता हासिल गरेको बताए ।
उच्च अदालत बिराटनगरले आर्थिक वर्ष ०७७÷ ०७८ मा ५८ प्रतिशत मुद्दा छिन्न सकेको हो । गत आर्थिक वर्षमा १ हजार ६ सय ७० मुद्दाको जिम्मेवारी सरेर आएको थियो जसमध्ये ३ हजार ६ सय ६१ वटा मुद्दामा २ हजार १ सय आठवटा मुद्दा फर्छ्यौट भएका छन्। त्यसमध्ये एक वर्ष भित्रका ५४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।