आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

खोटाङ ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।

गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा १० गते बिहानको राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर पर बारीमा मृत अबस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङले गहन रुपमा अनुसन्धान थालेको थियो । घटनाको प्रकृती, स्थानियबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनिहरुलाई कर्तब्य ज्यान मुद्धामा कानुनि कारबाही अगाडी बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।