पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी ।
सुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् ।

पश्चिम तर्फ जादै गरेको प्र २ –०३–००१ च ३००७ नम्बरको पिकअप ले बिपरित दिशाबाट आउदै गरेको प्र २ –०१–००२ प ५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक राम नाथको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका ११ का १९ बर्षीय सन्तोष कुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ बर्षीय अंश कुमार साह प्रहरीको नियन्त्रणमा रहेको छ ।