काबुल विमानस्थल बाहिर बम विस्फोट, ६० जनाको मृत्यु

काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन् ।

१३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो ।
जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ ।
अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।