ब्राउन सुगर सहित झापाबाट एक पक्राउ

झापा ।
झापा कचनकबल गाऊपालिका ५ बाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ७ ग्राम ४०० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका गणेशलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।