प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन । मुख्यमन्त्री शेरधन राईले राजीनामा बुझाएलगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाए ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् ।
बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सुशासन र सेवा प्रवाहका सम्बन्धी निर्णयमा पहिलो हस्ताक्षर गरेको प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।