केराबारी गाउँपालिकाले दृष्टिवीहिन विद्यार्थीलाई दियो ल्यापटप

केराबारी । मोरङको केराबारी गाउँपालिकाले दृष्टिवीहिन विद्यार्थीलाई ल्यापटप बितरण गरेको छ । गाउँपालिकाले वडा नं ५ याङसिलाका दृष्टिवीहिन विद्यार्थी सोयल राईलाई पठनपाठनमा सहज पु¥याउने उद्देश्यले ल्यापटप बितरण गरेको हो ।
कक्षा दशमा अध्ययरत बिपन्न परिवारका राई दृष्टिविहीन हुन् ।
ब्रेनलिपीको साहयताले अध्ययन गर्दै आएका उनलाई कम्प्युटर आवश्यक परेपछि पठनपाठनमा सहज होस भन्ने उद्देश्यले गाउँपालिकाले एक थान ल्यापटप वितरण गरेको गाउपालिका अध्यक्ष रोहित बहादुर कार्कीले बताए । ल्यापटप आएपछि पठनपाठनमा थप सहज पुग्ने दृष्टिविहीन विद्यार्थी राईले बताए ।
गाउँपालिले जेहन्दार र विपन्न परिवारका विद्यार्थीहरूलाई छात्रवृतिको साथै विभिन्न खालका सहयोग पनि गर्दै आएको छ ।