महेन्द्र आदर्श बहुमुखी क्याम्पसको लेखा शाखामा विद्यार्थीहरुले लगाए ताला

विराटनगर । महेन्द्र आदर्श बहुमुखी क्याम्पसको लेखा शाखामा विद्यार्थीहरुले ताला लगाएका छन । पटक– पटक विद्यार्थीले राखेको माग सम्बोधन नगरेको भन्दै क्याम्पसका एम बि एस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा ताला बन्दी गर्दै नाराबाजी गरेका हुन ।

आफ्ना माग सम्बोधन गर्न क्याम्पस प्रशासनले मौनता देखाएको भन्दै अनश्चतिकिालका लागी तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीहरुले बताएका छन् । क्याम्पस प्रशासनले विद्यार्थीहरुको भविष्यप्रति गरेको खेलबाड, विधी प्रकृयालाई मिचेर चालेको कदमसँगै सहमतिमा गरिएका सम्झौताहरूको कार्यान्वयनमा देखाएको ढिलासुस्तिका साथै निरन्तर खबरदारी गरिरहने विद्यार्थीहरुको भनाई छ ।

साउन ३२ गते क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्टरमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको छलफलपश्चात विद्यमान महामारीको अवस्थामा अनलाइन कक्षा सञ्चालन, छात्रवृत्त वितरण र अध्ययन शुल्क जस्ता विभिन्न समस्याहरुको पहिचान गरी प्रशासनसँग वार्ताको माध्यमबाट निकास निकाल्ने उद्देश्यका साथ ज्ञापनपत्र बुझाएकोमा प्रशासनले देखाएको मौनता प्रति विद्यार्थीहरुले ध्यानाकर्षण गराएको विद्यार्थी नेता नविन पहाडीले जानकारी दिनुभयो । तालाबन्दीमा प्रज्वल अधिकारि लगायत अन्य विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।