कुम्मायक गाउँपालिकामा ५१ घरधुरी फुसको छानो मुक्त

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा विपन्न समुदायका ५१ घरधुरी फुसको छानो मुक्त भएका छन । गाउँपालिकाको तीन वटा वडाले बजेट विनियोजन गरी ५१ घरधुरीमा जस्तापाता बितरण गरेका हुन ।
१ नम्बर वडाका २५, ३ नम्बर वडाका ६ र ५ नम्बर वडाका २० घरधुरी फुसको छानो मुक्त भएका छन ।
वर्षेनी फुसको छानो मुक्त गर्न वडामा बजेट बिनियोजन गरी कार्यक्रम संचालन गर्दै आएको १ नम्बर वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । वडाको चालु आर्थिक वर्ष २०७७÷०७८ को २३ लाख रकमबाट “विपन्न परिवार जस्तापाता वितरण” कार्यक्रम मार्फत ५१ घरधुरीलाई फुसको छानो मुक्त गरिएको हो ।
गाउँपालिकाको सबै वडामा संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम पनि संचालन हुदै आएको छ । जस अन्र्तगत ५ सय ३४ घरधुरी फुसको छानो मुक्त भएका छन ।