भरुवा बन्दुक र गाँजा सहित २ जना पक्राउ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद गरेको हो ।
गाँजा र बन्दुक बरामद भए सगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।