पाँचथरको फिदिममा लडेर एककको मृत्यु

पाँचथरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको हो।

राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थितमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल खसेका थिए । भिरबाट झरेका राईलाई मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।