कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा भेटिए

कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उपचारका लागि सुनसरीको इनरुवाबाट कोसी अस्पताल आएका पुरुष मृत भेटिएका हुन् ।

ओपीडी भवनको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएका पुरुषको हातमा जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा भेटिएको छ ।
ओपीडी पूर्जामा लेखिएअनुसार मृतक पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । डीएसपी दीपक श्रेष्ठले मृतक सुनसरीबाट थप उपचारका लागि कोसी अस्पताल आएको हुनसक्ने बताए । मृतकको साथमा मधुमेह लगायतका रोगका औषधि पनि फेला परेको छ ।