सुनसरीबाट ब्राउन सुगर सहित एक पक्राउ

सुनसरी । सुनसरीबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् ।

गत ६ गते ब्राउन सुगर सहित पक्राउ परेका मानिसहरुले दिएको सुचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको द्यच्.छण्प्ण्घडट नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकल सहित बराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।