खोटाङमा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन ।

बालुवा लोड गरी आउदै गरेको ना५त ६६०१ नम्बरको ट्याक्टर खोटाङ केपिलासगढी ५ स्थित भुताप्सु स्थित जङगलको भीर बाट अन्दाजी १५० मिटर तल खसेर दुर्घट्ना हुँदा सोही ट्याक्टरमा सवार चालक सहित तिन जना मध्ये सोही स्थानका २३ बर्षीय दिनेश राईको घट्नास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालक सोही स्थानका १९ बर्षीय उमेश राई घाईते भई स्थानिय मेडिकलमा उपचार भईरहेको छ त्यस्तै अर्का सवार एक जना ट्याक्टरबाट हाम फाली सकुशल अबस्थामा रहेका छन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बाक्सिला र ईलाका प्रहरी कार्यालय एसैलुखर्कबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान गरिरहेको छ ।