सोलुखुम्बुमा मोटरसाईकल दुर्घट्ना हुँदा एकको मृत्यु

सोलुखुम्बुमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा माप्य दुधकोशी गाऊपालिका २ खालि का ३० बर्षीय सुमन राई रहेका छन ।

सोलुखुम्बु माप्य दुधकोशी गाऊपालिका ५ स्थित दियालेमा बा५४प ७७२९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा चालक राईको घट्नास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।