सुनको भाउ २ सय रुपैयाँ घट्यो

विराटचोकः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलमा २ सय रुपैयाँ घटेको छ । छापावाल सुन आज प्रति तोला ७१ हजार ६ सय र तेजाबी सुन प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै असली चाँदी पनि प्रति तोला ५ रुपैयाँले घटेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।