झापाबाट युट्युबर पक्राउ

विर्तामोड । झापामा युट्युबर पक्राउ परेका छन् । व्यक्तिगत गोपनियताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा प्रहरीले युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्कीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो । एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग उनीहरुमाथि छ । थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ ।

१ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।