साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्सँग खेल्ने

नेपालले साफ च्याम्पियनसिपको पहिलो खेलमा साबिक बिजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । ५ राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा सुरु हुँदैछ ।

सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलो पटक भेट हुनेछ । त्यति बेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।
मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध आसोज १७ गते खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोलीले साफको सर्वाधिक सफल टोली भारतसँग असोज २२ गते खेल्नेछ । असोज २५ गते नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
राउन्ड रोविन लिगको शीर्ष २ टोलीले असोज २७ गते उपाधिका लागि फाइनल खेल्नेछन् ।