नियन्त्रित औषधी सहित भाउन्नेबाट ३ जना पक्राउ

बेलबारी । मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोक स्थित झापाली होटलबाट नियन्त्रित औषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् ।

प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनिलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।