हत्या आरोपी १८ वर्षपछि पक्राउ

सुनसरी । हत्या गरेको आरोपमा फरार रहेका आरोपी १८ वर्षपछि पक्राउ परेका छन् ।
सुनसरीको तत्कालिन दुहबी गाविस वडा नं. ५ की दुखनी थरुनीलाई बाँसले टाउँकोमा प्रहार गरी हत्या गरेको आरोपमा फरार रहेका आरोपी दुहबी–४ का ६० वर्षीय गुलाब भन्ने गुलाम मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी जिल्ला अदालतले वि. सं. २०६० साउन ३० गते गरेको फैसलापछि मियाँ फरार भएका थिए । मियाँलाई जिल्ला अदालतले ज्यान मारेको कसुरमा २० वर्ष कैदको फैसला सुनाएको थियो । घरबाटै पक्राउ परेका मियाँलाई सुनसरी जिल्ला अदालतमा पेश गरी तोकिएको कैद भुक्तान गर्न झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।