सुनसरीमा सिटी सफारी पल्टदा एकको मृत्यु

सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा सवार एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।

दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घाईते भएका थिए । घाईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो भने माझीको घोपा धरानमा उपचार भईरहेको छ ।
सिटी र चालक कोशी गाऊपालिका २ का २० बर्षीय रंजित यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।