झापाबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

झापा बिर्तामोड नगरपालिका ५ नयाँ बसपार्क मिलन चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनिहरुले प्रयोग गरेको मे २ प ८६८६ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।