मिक्लाजुङबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

मोरङ मिक्लाजुङ गाऊपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मिक्लाजुङ गाऊपालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधी ट्रामाडोल क्याप्सुल –२८८२ र स्पास्पेन ट्यब्लेट – २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।