झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले गिरिबन्धु टी स्टेटको २८० विघाको बयान सट्टापट्टा गर्न स्वीकृत दिने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

गिरिबन्धु टी स्टेटको बिर्तामोडको जग्गा विघाकै करिब २० करोड पर्छ, तर कम मूल्य पर्ने झापाकै पृथ्वीनगरमा रहेको जग्गासँग सट्टापट्टा गर्न खोजिएको छ ।
बैठकले हदबन्दीभन्दा बढी जग्गा कहाँ कति छ भन्ने विवरण ३१ भदौभित्र पेश गर्न पनि निर्देशन दिएको छ ।
यस्तै, समितिले हदबन्दी भन्दा धेरै रहेका जग्गाको संरक्षण र व्यवस्थापनको लागि विस्तृत कार्ययाजना यथासिशघ्र समिति समक्ष पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई निर्देश गरेको छ ।

प्रत्यायोजित व्यवस्थापन सम्बन्धी व्यवस्थाको कार्यानवयन गर्न बनेका भूमि सम्बन्धी नियमहरु सात दिन भित्र समितमा पेश गर्न पनि समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।