झापामा कारको ठक्करबाट एकको मृत्यु

झापा बाह्रदर्शी गाऊपालिका ७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् ।

उत्तर जादै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाऊपालिका ७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भएका थिए । घाइतेको उपचारको लागी बि एण्ड सी अस्पतालमा पु¥याउन साथ सरस्वतीको मृत्यु भएको छ भने कार्कीको उपचार भईरहेको छ ।
दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई २ का २४ बर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।