सुनसरीमा करेन्ट लागेर एकको मृत्यु

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी ईटहरी १७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाऊपालिका ४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय राम कुमार लिम्बु रहेका छन् ।

गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।