उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

उदयपुरमा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
ताप्ली गाउँपालिका–१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परको उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।