लायन्सद्वारा मधुमेह दिवसको अवसर पारी साइकल र्याली

धरानः लियो क्लब अफ धरान विजयपुरले जनचेतनामूलक साइकल र्याली गरेको छ । मधुमेहको बारेमा जानकारी दिन र जनचेतनामूलक सन्देश दिन साइकाल र्याली निकालिएको आयोजकले जनाएको छ ।

साइकलको प्रयोगले शरीर स्वस्थ रहने र इन्धनको बचत हुने तथा वातावरणको संरक्षणमा टेवा पुग्ने भएकाले साइकल र्याली गरिएको क्लबकी प्रेसिडेन्ट सुजता श्रेष्ठले बताइन् । लियो क्लबका प्रेसिडेन्ट विज्ञान तामाङको नेतृत्वमा भएको साइकल र्याली भानुचोकबाट शुरु भई धरानको परिक्रमा गरेर सोही ठाउँमा आएर टुङ्गिएको थियो । र्यालीमा १४ जना सहभागी थिए ।

यसअघि नोभेम्बर १४ को दिन धरान–१४ मा मधुमेह क्याम्प सञ्चालन गरिएको आयोजकले जनाएको छ ।