नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल एशिया रग्बीको सदस्यमा निर्वाचित

काठमाडौंः नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङ एसिया रग्बीको सदस्यमा निर्वाचित भएका छन् ।

इन्डोनेसियाको बालीमा आइतबार सम्पन्न निर्वाचनबाट घिसिङ एसिया रग्बीको कार्यकारी सदस्यमा चयन भएको नेपाल रग्बी सङ्घका सचिव गोविन्दबहादुर घिमिरेले जानकारी दिए । ११ जनाको कार्यसमितिमा अध्यक्ष र २ सदस्य गरी ५ जनाको पद रिक्त थियो । २ सदस्य पदका लागि ४ राष्ट्रका ४ जनाले दाबेदार प्रस्तुत गरेका थिए ।

एशिया रग्बीको अध्यक्षमा युएइका कैस अल धलाईले जापानका प्रतिद्वन्द्वी युची युनोलाई पछि पारे । पाकिस्तानका फावजी खावाजा पुनः उपाध्यक्षमा निर्वाचित भए । सोही पदमा मलेसियाका भालेयुथान तानले पहिलो पटक जिम्मेवारी पाए । कोषाध्यक्षमा हङकङका माईक हाइनेस र विश्व रग्बी काउन्सिलका सदस्यमा सिंगापुरका टेरेन्स खो निर्वाचित भएका छन् । इन्डोनेसियाको बालीमा सम्पन्न निर्वाचनमा २८ देशले मतदान गरेका थिए ।