धरानको उपनिर्वाचनमा २ पदमा २७ उम्मेद्वार र ९२ हजार ८ सय मतदाता

धरानः धरानको उपनिर्वाचनमा प्रमुख पदका लागि २३ जना उम्मेद्वार रहेका छन् भने वडा नम्बर ७ को वडाध्यक्षका लागि ४ जनाले उम्मेद्वारी दिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार धरानमा ९२ हजार ८ सय ५३ मतदाता रहेका छन् । जसमध्ये वडा नम्बर ७ मा २ हजार २५ जना मतदाता रहेका छन् । ९९ ओटा मतदान केन्द्रमा ती मतदाताले मतदान गरी जनप्रतिनिध चुन्ने निर्वाचन कार्यालयले जनाएको छ ।