पञ्जेबाजासहित स्वागत गरिएपछि उम्मेद्वार तिलक राईले भने, ‘पहिलेभन्दा भव्य स्वागत पाइरहेको छु’

धरानः २०७४ सालको निर्वाचनमा पनि मेयर पदको उम्मेद्वार रहेका नेपाली काङ्ग्रेसका नेता तिलक राईले यो उपनिर्वाचनमा आफूले अझ बढी स्वागत पाइरहेको बताएका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार नेपाली काङ्ग्रेसका तिलक राईलाई घरदैलोको क्रममा वडा नम्बर ११ का स्थानीयले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए ।

वडा नम्बर ११ को मङ्गलबारे चोकमा राईलाई पञ्चेबाजासहित फूलमाला लगाएर वडाबासीले स्वागत गरेपछि धराने जनताले देखाएको सद्भावले चुनाव जित्ने कुरामा ढुक्क भएको उनले प्रतिक्रिया दिए ।