लक्ष्मीमार्गकी एक बालिकालाई ३ बालकद्धारा बलात्कार गराई आफुपनि बलात्कार गर्ने पक्राउ

बेलबारी । लक्ष्मीमार्गकी एक बालिकालाई ३ जना बालकद्धारा बलात्कार गराई अफुपनि बलात्कार गर्ने मुख्य अभियुक्त ११ महिना पछि पक्राउ परेका छन । घटना पछि फरार मुख्य अभियुक्त होम तामाङ चितवनबाट आइतबार पक्राउ परेका हुन ।

जंगलमा निगुरो टिप्न गएकी एक बालिकाकाई उनकै आफन्त पर्ने दुई बालकद्धारा जबरजस्ती बलात्कार गराई आफुपनि बलात्कार गरी तामाङ फरार थिए ।

घटनाको अनुशन्धान गरिरहेको बेलबारी प्रहरीेले फरार तामाङ बिगत ३ महिना देखि चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं १ पिप्लेमा रहेको होटलमा काम गर्ने गरेको भन्ने सुचना प्राप्त गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त रुपमा खटिएको टोलीले ईलाका प्रहरी कार्यालय भण्डारा चितवनसँग समन्वय गरी तामाङलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

तामाङले बालिकाको करणीमा ३ नाबालकलाई पनि कुट्ने र मार्ने धम्की दिएर प्रयोग गरेका थिए । प्रहरीका अनुसार त्रसित बनाएर बालिकालाई पालैपालो करणी गर्न लगाएका थिए । ३ बालकलाई भने हाजिरी जमानीमा छाडिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बालिकाको छिमेकी तथा नाता सम्बन्ध नै पर्ने वर्ष १२, १३ र १४ का ३ बालकलाई ज्यान लिने धम्की दिएर बालिकामाथि बलात्कार गर्न लगाएर, करिब ४० वर्षका होम तामाङले बलात्कार गरेको पीडित परिवारले जनाएका छन ।

थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।