बेलबारीमा ३२ गते सम्म थपियो लकडाउन

बेलबारी । मोरङ जिल्लाको बेलबारीमा निषेधाज्ञा (लकडाउन) एकहप्ता लम्बिएको छ । कोरोनाको सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि कोरोना रोगरोकथाम नगरस्तरीय बैठकले लकडाउनलाई एक हप्ता थप गरेको हो ।

१९ गते देखी २५ गते सम्म गरीएको लकडाउनलाई आइतबार बसेको कोरोना रोग रोगथाम नगर स्तरीय बैठकले साउन ३२ गते सम्म थप गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पुर्ण उद्योग पसल कलरकारखाना, निजि तथा सरकारी कार्यालयहरु र बैक बित्तिय सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
लकडाउनको पालना गर्न गराउन समेत नगरपालिकाले नगरवासिमा आग्रह गरेको छ ।