महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका–२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बवियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।