सकियो ओलम्पिक, अमेरिका शीर्ष स्थामा, चीन दोश्रो

टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो ।

टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै अमेरिकाले शीर्ष स्थानमा रहेर अन्त्य ग¥यो । अमेरिकाले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो । चीन ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जित्दै दोस्रो भयो ।
घरेलु भूमिमा २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै जापानले तेस्रो स्थान हासिल ग¥यो ।
यस्तै ग्रेट ब्रिटेन २२ स्वर्ण २१ रजत र २२ कास्यसहित कुल ६५ पदक जितेर चौथो भयो ।
रुस डोपिङ प्रतिबन्धमा परेकोले यस पटक रसियन ओलम्पिक कमिटी (आरओसी) को नामबाट ओलम्पिक खेलेको रुसले २० स्वर्ण, २८ रजत र २३ कास्यसहित कुल ७१ पदक जितेर पाँचौं भयो ।
दक्षिण एसियाली राष्ट्र भारतले पनि उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्ण, २ रजत र ४ कास्यसहित कुल ७ पदक जित्यो । नेपाल भने यस पटक पनि सहभागितामै सीमित रह्यो ।
टोकियो ओलम्पिकमा ६३ राष्ट्रले स्वर्ण जित्दा कुल ९३ राष्ट्रले कुनै न कुनै पदक जिते ।
यस पटक ओलम्पिकमा शरणार्थी टिमसहित विश्वभरका २०५ देशका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

हरेक चार चार वर्षमा आयोजना हुने ओलम्पिकको ३३औं संस्करण अब ३ वर्षपछि फ्रान्सको पेरिसमा हुनेछ ।