सवारी ज्यान मुद्दाका फरार अभियुक्त बिराटनगरबाट पक्राउ

सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका–१० मधुमारा टोल बस्ने सरोज कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका–१२ स्थित शारदा विद्यालय अगाडिको कोशी राजमार्गमा वा.१० च ५५७३ नंबरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका–११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका–१ बाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।