भोजपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पायो

भोजपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पाएको छ । कोरोना संक्रमणको महामारीको बीचमा पनि राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पाएको हो ।

पहिलो चरणमा भोजपुरमा पाँच हजार बढीको तथ्याङक संकलन भईसकेको छ । गत वर्षको साउनबाट तथ्याङक संकलन सुरु गरिएको भए पनि कोरोना संक्रमणको कारण जिल्ला प्रशासन कार्यालयबाट मात्र संकलन गरिदै आएको थियो । तर अव भने स्थानिय स्तरबाटै तथ्याङक संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।