झापाबाट ब्राउन सुगर सहित एक पक्राउ

झापा भद्रपुर नगरपालिका ३ किचकबध बाट लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।