आज विश्व आदिवासी दिवस

आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ ।

सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा ’कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नारासहित तय गरिएको छ ।

प्रत्येक वर्षको ९ अगष्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषण गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसघंको महासभाले आदिवासी जनजातिको आधारभूत मानवअधिकार संरक्षण र संवर्धनका लागि सन् १९९५ देखि २००४ सम्म प्रथम आदिवासी दशक मनाउने निर्णय गरेको थियो ।