काङ्ग्रेसले जिते वडावडामा मेयर सुझाव पुस्तिका राख्ने

धरानः धरानको मेयरमा नेपाली काङ्ग्रेसका तिलक राईले जितेमा सम्पूर्ण वडा कार्यालयमा वडावासीको चासो, गुनासो सम्बोधन गर्न वडा कार्यालयमा मेयर सुझाव पुस्तिका राख्ने नेपाली काङ्ग्रेस धरानका पूर्व सभापति किशोर राईले बताएका छन् ।

उनले चुनावको मिति नजिकिएपछि कम्युनिष्टका नेता पैसा बोकेर मत किन्न आउन सक्लान् भन्दै सजग पनि गराए । आइतबार धरान–१७ को सुनौलो मार्गका स्थानीयको निमन्त्रणामा जनगुनासो टिपोट गर्न पुगेका राईले एक पटक नेपाली काङ्ग्रेसको नेतृत्व पाए नगरको बेथिति अन्त्य गराउने बताए । नगरले बढाएको कर र मूल्यवृद्धि नेपाली काङ्ग्रेसले नियन्त्रण गर्ने दाबी गरे । उनले नेपाली काङ्ग्रेसको जुझारु र योग्य नेता रहेकाले कम्युनिष्टको सातो गएको बताए ।

सुनौलो मार्गका सन्देश भुजेल र इन्द्रमान श्रेष्ठले नगरपालिकाको विकृति अन्त्य गर्न काङ्ग्रेसको नेतृत्व खाँचो रहेको बताए ।




Leave a Reply

Your email address will not be published.