आज र भोलि नेकपाको घरदैलो अभियान वडा नम्बर १७ मा

धरानः धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार प्रकाश राईको घरदैलो अभियान १७ नम्बर वडामा सञ्चालन भएको छ ।

नेकपाले आफ्ना उम्मेद्वारबिना नै कात्तिक २५ गतेदेखि नै घरदैलो अभियान शुरु गरेको थियो । आइतबार र सोमबार पुनः नेकपा घरदैलोमा लागेको छ ।

अभियानका क्रममा नेकपाका उम्मेद्वार प्रकाश राईलाई विजयी गराउन भन्दै स्थानीय घरदैलो अभियानमा लागेका छन् ।

१७ नम्बर वडा पार्टी कार्यालय रेल्वे चोकबाट शुरु भएको घरदैलो अभियानमा सङ्घीय सांसद तथा १७ नम्बर वडाका निर्वाचन परिचालन कमिटीका इञ्चार्ज नेकपाका जिल्ला सदस्य जयकुमार राईको नेतृत्वमा सह इञ्चार्ज मनोज भट्टराई, संयोजक सुवास बर्देवालगायतले अभियानको नेतृत्व गरेका छन् । अभियानमा जिल्ला सदस्य फोक्वाहाङ सुब्बा ९चोत्लुङ०, अशोक राईसहित नगर तथा वडा स्तरका नेतासमेत घरदैलो अभियानमा सहभागी भएका छन् ।

मंसिर १ गते रेल्वे चोकबाट शुरु भएको अभियान सप्तरङ्गी मार्ग, सुनौलो मार्ग, विजय टोल, अजम्बर मार्ग, माथिल्लो सुनौलो चौक, रमाइलो चोक, टेम्के मार्ग, रत्न चोक, बगानटोल, आदर्श मार्ग, बीचघोपा, सिङ्मी चोक र शान्तिटोलमा अभियान केन्द्रित हुने १७ नम्बर वडा निर्वाचन परिचालन समितिका संयोजक सुवास बर्देवाले जानकारी दिए ।

त्यसैगरी, मंसिर २ गते बिहान ७ बजे रेल्वे चोक पार्टी कार्यालयमा भेला भई पट्नालीबाट घरदैलो अभियान शुरु गरिने भएको छ । फोक्लेन, डाँडाघोपा, एन्फा मार्ग, सरस्वती चोक, हुलाकी मार्ग, साउनेबस्ती, असारे बस्ती, सप्तरङ्गीमार्ग हुँदै बेलुका ५ बजे पुनः रेल्वे चोकमा सम्पन्न भएको बर्देवाले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published.