प्रदेश १ मा ५५३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३जनामा कोरोना संक्रमण भएको छ । ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा,खोटाङ र उदयपुरमा २–२ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ४९, सुन्दरहरैचामा १६, उर्लाबारीमा १५, बेलबारीमा ९, पथरीशनिश्चरेमा ५,ग्रामथानमा ४, मिक्लाजुङ र केराबारीमा २–२, लेटाङ, जहदा र कटहरीमा १–१, सुनसरीको इटहरीमा७५, धरानमा ५, बर्जु, रामधुनी, इनरुवा र कोशीगाउँपालिकामा २–२, बराहक्षेत्र, हरिनगर र स्थानीयतहनखुलेका १–१, झापाको दमकमा ३९, शिवसताक्षीमा १४, विर्तामोडमा ९, भद्रपुरमा ८, मेचीनगर र कमलगाउँपालिकामा ५–५, अर्जुनधारामा ४, बुद्धशान्ति, गौरादह, हल्दिबारी र कनकाईमा १–१, इलामको इलामनगरपालिका र चुलाचुलीमा ३–३, देउमाई र सुर्योदयमा १–१, धनकुटाको पाख्रिबास, महालक्ष्मी र स्थानीयतहनखुलेका १–१, पाँचथरको फिदिममा २ र फालेलुङमा १, भोजपुरको भोजपुर नगरपालिका, आमचोक र स्थानीयतहनखुलेका १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीयतहनखुलेका १–१,उदयपुरको त्रियुगा र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माआज ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ७जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।