नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुगेको आरोप लगाएका छन । नेता पौडेलले सामाजिक सन्जाल फेसबुकमा सभापति शेरबहादुर देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोप लगाएका हुन ।
नेता पौडेलले सभापित देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन् ।
पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका हुन् ।
नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पु¥याएको उनको टिप्पणी छ ।
‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ? ‘ पौडेलले भनेका छन्, ‘यो देशकै विडम्बना हो ।’