छानविन समितिको प्रतिवेदनमा रामचन्द्र पौडेल समूहको असहमति

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा रामचन्द्र पौडेल समूहले असहमति जनाएको छ । मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमै असहमति जनाएको हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, डा. रामशरण महत र बलबहादुर केसी सहभागि थिए ।
‘तलबाट सर्वसम्मत रुपमा आएको नाम यथावत राख्नुपर्छ, विवादितको हकमा नयाँ मापदण्ड बनाएर छानविन गर्नुपर्छ,’ नेता केसीले भनेका छन् ।
छानविन समितिले टुंग्याउन नसकेका १३ निर्वाचन क्षेत्रको हकमा के गर्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गर्दैछन् ।