प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थाल्नुभएको हो ।
आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ गएको वर्षको भदौमा प्राधिकरणबाट बिदा हुनुभएको थियो । उहाँलाई पुनर्नियुक्ति गर्न चौतर्फी दबाब आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा घिसिङ बिदा हुनुभएको थियो ।