‘अर्गानिक माया’ सार्वजनिक

विराटचोकः चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्ट रनरअप सुजन मार्पा तामाङ र बुगीवुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘अर्गानिक माया’ सार्वजनिक भएको छ ।
डीपी खनालको शब्द, धनु ज्ञाङ्मी मगरको सङ्गीत र वैदेशिक रोजगारका लागि दक्षिण कोरियामा रहेका गायक भीम थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सुजन मार्पा तामाङको कोरियोग्राफी र प्रकाश खतिवडाको छायाङ्कन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एवम् निर्देशन रहेको छ ।