सवारी दुर्घटनामा पीडितको सम्झनामा आज साँझ इटहरीमा दीप प्रज्वलन हुने

विराटचोकः सवारी दुर्घटनामा परी पीडित भएका व्यक्तिको सम्झनामा आज साँझ इटहरी चोकमा दीप प्रज्ज्वलन हुने भएको छ ।

विश्व सम्झना दिवसको अवसरको अवसरमा दुर्घटनामा पीडित परिवार, सरोकारवाला सङ्घ संस्था, नागरिक समाज, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घ संस्था, बुद्धिजीवी, महिला तथा सञ्चारकर्मीलगायतको उपस्थितिमा कार्यक्रम हुने १ नम्बर क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आज साँझ इटहरीको मुख्य चोकमा समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक दुर्घटना न्यूनीकरणको लागि सचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम राखिएको प्रहरी निरीक्षक होमराज दाहालले जानकारी दिए ।