उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

उदयपुर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१० बस्ने २६ बर्षीय बिशाल परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।