चीनमा फैलिँदै कोरोनाको डेल्टा भेरियन्ट

चीनको नान्जिङ सहरबाट कोरोना भाइरस फैलिँदै गएको छ । पछिल्ला दिनहरूमा विश्वका अरु प्रभावित देश जस्तै चीनमा पनि नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो ।
पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले जनाएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।