ब्राउन सुगर र नगद सहित झापाबाट दुई जना पक्राउ

झापा । झापा मेचिनगर नगरपालिका – ९ लिलाबस्तीको लिलाचोकबाट लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जना नगद र ब्राउन सुगर सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका – १ वस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर कारोबार गर्न लागेको अबस्थामा फेला पारी खानतलासी गर्दा झोला भित्र लागूऔषध ब्राउन सुगर ३४ ग्राम र नेपाली रु. २ लाख ५१ हजार फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे.४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।